रोल्पा जिप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना एकै परिवारका

Image

रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना एउटै परिवारका सदस्यहरू रहेको खुलेको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ टाकुरा भन्ने ठाउँका एकै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बीरेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार, अहिले शवहरू संकलन गरेर थवाङतर्फ लगिँदैछ । सबैको सनाखत थवाङ पुगेपछि हुने उनले बताए । दुर्घटनामा परेर २० जनाले ज्यान गुमाएका थिए । तीमध्ये ९ जना दाङका व्यक्ति रहेको वडाध्यक्ष बस्नेतले बताए ।

९ जना सिस्ने–५ टाकुराका र एक जना भूमे गाउँपालिका–५ का व्यक्ति रहेको उनले बताए । उनका अनुसार, एकै परिवारका दुई दाजुभाइका ७ जनाले दुर्घटनामा ज्यान गुमाएका हुन् ।