कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीयको मृत्यु

Image

कञ्चनपुरको पुनर्वास नगरपालिका–७, चगाउँस्थित न्यु जनता इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु भएको छ । एक बालक घाइते छन् । उनीहरू सोही इँटा उद्योगका मजदुर हुन् ।

दुर्घटनामा भारतको उत्तर प्रदेशस्थित बहराइचका २७ वर्षीय अजय कुमार र नौ वर्षीय पवन कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हेम शाहीले जानकारी दिए ।

आइतबार (वैशाख २०) राति हावाहुरी चल्दा से१त ८८७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा तीनजना घाइते भएका थिए । घाइते तीनैजनालाई उपचारका निम्ति कैलालीको धनगढी ल्याइएको थियो ।

धनगढीमा उपचारका क्रममा अजय र पवनको मृत्यु भएको र ११ वर्षीय घुर्रा कुमार घाइते रहेका प्रहरीले जनाएको छ ।