नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दैछ।
बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगनकुमार थापाको उपस्थितिमा बस्ने कार्यक्रम तय भएको छ।
कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।
यसअघि प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माले मंगलबार ३९ जनालाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका थिए। बैठकमा संगठन सुदृढीकरण, नीति निर्माण तथा प्रशिक्षणसम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।














