इलामको सन्दकपुर पर्यटकीय क्षेत्रमा मानव कंकाल भेटिएको छ । सन्दकपुर गाउँपालिका–२ माइमझुवास्थित छिन्तापुदेखि केही तल तालपोखरी जंगलमा बुधबार गाईगोरू चराउन जानेहरूले सो शव देखेका थिए ।
उनीहरूले गरेको खबरका आधारमा बिहीबार सो स्थानमा प्रहरीसहितको टोली पुगेको थियो । शवको टाउको र खुट्टामा मात्र मासुको भाग बाँकी रहेको अवस्था रहेको बताइएको छ ।
भेटिएको शवको सन्दर्भमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी लक्ष्मी भण्डारीले बताए ।शवको शरिरबाट नाम थर उल्लेख भएको एनएमबी बैंकको चेकबुक पनि भेटिएको छ ।















