सुदन किराँती श्रम संस्कृति पार्टीमा, वरिष्ठ नेताको जिम्मेवारी दिने सहमति

Image

सुदन किराँती श्रम संस्कृति पार्टीमा समाहित हुने भएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषदबाट राजीनामा दिएका किराँती आफ्नो समूहसहित श्रम संस्कृति पार्टीमा समाहित हुन लागेका हुन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र सुदनले गएराति एकताको सहमति भएको हो। उनलाई पार्टीमा स्वागत गर्नका लागि काठमाडौंको हार्दिक होटलमा कार्यक्रम राखिएको श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले जानकारी दिए।

सुदन श्रम संस्कृतिको वरिष्ठ नेता बन्नेछन्। उनको समूहले एक सचिवसहित १५ केन्द्रीय सदस्य पाउने मोटामोटी सहमति जुटेको श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले जानकारी दिए।