लमजुङ मा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।
बेँसीसहर नगरपालिका–१ उदिपुरबाट रामचोक बेँसीतर्फ गइरहेको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७४ वर्षीय महनिधि सेढाइँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्री का अनुसार दुर्घटनामा मोटरसाइकल चालक २० वर्षीय विकेश तामाङ घाइते भएका छन् ।
घाइते तामाङको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
















