बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य

Image

दीपकप्रसाद देवकोटा ले बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।

उनले बागमती प्रदेश मन्त्रिपरिषद् को सिफारिसअनुसार आज मध्यरात १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेशसभाको हिउँदे अधिवेशनअन्तर्गत २०८२ साल चैत २४, २५ र २६ गते तथा २०८३ साल वैशाख ६ गते बैठक बसेको थियो ।

चालु अधिवेशन अन्त्यसँगै प्रदेशसभाका सबै औपचारिक बैठकहरू स्थगित भएका छन् ।