विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।
इबोला भाइरसको संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ वटा शंकास्पद केसहरू फेला परेका छन् । यद्यपि यो प्रकोपले महामारीस्तरको आपत्कालीन मापदण्ड भने पूरा नगरेको बीबीसीले उल्लेख गरेको छ ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस ले हाल संक्रमित व्यक्तिको वास्तविक संख्या र प्रकोपको भौगोलिक विस्तारबारे ठूलो अनिश्चितता रहेको चेतावनी दिएका छन् ।
स्वास्थ्य अधिकारीहरूले संक्रमण नियन्त्रणका लागि निगरानी, परीक्षण र आपतकालीन स्वास्थ्य सेवा सुदृढ पार्ने काम तीव्र बनाइएको जनाएका छन् ।
















