काठमाडौंको महाराजगञ्जमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किंदा चालकको मृत्यु भएको छ । सडकमा रोकेको प्र.३–०१–०२४ च३६१४ नम्बरको योद्दा गाडीमा बा. प्र. ३–०२–००२ प ११६७ नम्बरको स्कुटर ठोक्किएको थियो । आइतबार राति स्कुटर ठोक्किंदा चालक काभ्रेको पनौती घर भएका २० वर्षीय राहुल खत्रीको मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
















