सिन्धुलीको सुनकोशी नदीमा डुबेर दुई बालकको मृत्यु

Image

सिन्धुलीको सुनकोशी-५ सित्खामा सुनकोशी नदी छुट्टिएर आएको भंगालोमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्रबहादुर सिंहका अनुसार सुनकोशी ४ घर भई हाल सुनकोशी ३ बोहोरेटार बस्ने बर्ष ९ को सफल पुलामी मगर र सुनकोशी-५ बन्दीपुर घर भई हाल सुनकोशी-३ बोहोरेटार बस्ने वर्ष १० को युकेस बिकको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरू दुवैको शव नुहाउन पसेको ठाउँदेखि अन्दाजी १५० मिटर पूर्व सुनकोशी नदीको किनारमा फेला परेको थियो ।

दुई बालक नुहाउने क्रममा बेपत्ता भएपछि प्रहरी टोली र शसस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोट सिन्धुलीबाट उद्धार सामग्री सहितको टोली परिचालन गरिएको थियो ।