राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष एवं ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार नेपाललाई बूढानीलकण्ठ नगरपालिका-१०, कटारीबस्तीबाट पक्राउ गरिएको हो ।
चेक अनादर मुद्दामा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । संखुवासभा सभापोखरी स्थायी घर भएका ६७ वर्षीय नेपाल हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ कौशलटार बस्दै आएका छन् ।
















