राष्ट्रपति पौडेलद्वारा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ प्रमाणीकरण

Image

 राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन् । सङ्घीय संसद प्रतिनिधिसभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक बिहीबार प्रमाणीकरण भएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको छ । सङ्घीय संसदका दुवै सदनबाट पारित भएर आएका विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा लागू हुने संवैधानिक व्यवस्था छ ।