व्यवसायी शंकरलाल अग्रवाललाई थुनामा पठाउन आदेश

Image

 उच्च अदालत पाटनले व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले उनलाई बैंकिङ कसुरको मुद्दामा अनुसन्धानका लागि पुर्पक्षमा राख्न आदेश दिएको हो ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हिजो नियन्त्रणमा लिएको थियो ।