वेदिका केसी पक्राउ

Image

वेदिका केसी पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले केसीलाई पक्राउ गरेको हो । पक्राउ परेका केसी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा १ दिनको म्याद थप भएको छ ।

उनले सामाजिक सञ्जाल तथा विभिन्न युट्युबहरूमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप छ । धर्म, आस्था र परम्पराका गलत तथ्य वा विषयका सम्बन्धमा उनले बहस चलाउँदै आएकी थिइन्।