चिनियाँ राजदूतसँग प्रधानमन्त्रीले भने– सम्बन्ध अझै प्रगाढ बनाउनुपर्नेछ

Image

प्रधानमन्त्री बालेन शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा जोड दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चिनियाँ राजदूत झाङ माओमिङसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको थियो ।

भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको पनि सचिवालयले जनाएको छ ।

राजदूत माओमिङले पनि प्रधानमन्त्रीज्यूलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।