नेपाल क्रिकेट संघले सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडीआई) कप्तान नियुक्त गरेको छ।
क्यानले रोहित पौडेललाई ओडीआई कप्तानीबाट हटाउँदै लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिएको हो। मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपका लागि क्यानले सोमबार लामिछानेको नेतृत्वमा नेपाली टोली घोषणा गरेको हो।
यससँगै पौडेलले नेपाली राष्ट्रिय टोलीको ओडीआई तथा टी–२० दुवै प्रारूपको कप्तानी गुमाएका छन्। क्यानले यसअघि नै टी–२० टोलीको कप्तानमा दीपेन्द्रसिंह ऐरीलाई नियुक्त गरिसकेको छ।
लामिछानेले यसअघि पनि नेपाली राष्ट्रिय टोलीको कप्तानी गरिसकेका छन्। उनको नेतृत्वमा नेपालले आगामी एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्नेछ।















