५६ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोपमा ४४ वर्षीय पुरुष पक्राउ

Image

५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा तेह्रथुममा एक पुरुष पक्राउ परेका छन्।

छथर गाउँपालिका–२ की ५६ वर्षीया महिलालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही स्थानका ४४ वर्षीय लिलमबहादुर लिम्बुले जबरजस्ती करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

भदौ ९ गते घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले आरोपित लिम्बुलाई सोही दिन नियन्त्रणमा लिएको जनाएको छ।

पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय वसन्तपुरमा जाहेरी दिएपछि आरोपितको स्वास्थ्य परीक्षण गरी प्रहरी हिरासतमा राखिएको छ।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।