रसुवा बाढीको कहर : ८ जिल्लामा १६२ जनाको शव भेटियो

Image

रसुवामा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ। बिहीबार बिहान ५ बजेसम्मको नेपाल प्रहरीको बुलेटिनअनुसार बाढी प्रभावित ८ जिल्लाबाट १६२ जनाको शव भेटिएको हो।

प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा ६४ जनाको शव फेला परेको छ। त्यसैगरी धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवामा २ र नवलपरासी पश्चिममा २ जनाको शव भेटिएको छ।

बाढीका कारण रसुवा र आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा प्रहरी तथा अन्य सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्।