रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

Image

राष्ट्रिय स्वतन्त्र पार्टीले विपद् व्यवस्थापनबारे छलफल गर्न बोलाएको सर्वदली बैठक आज बस्दै छ । 

पार्टी सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।

भोटोकोसी नदीमा बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनका जिल्लामा जनधन तथा मानवीय क्षति भएको छ ।  उक्त विषयमा सबै पक्षसँग छलफल गर्दै विपद् तयारीमा एकजुट हुनका लागि बैठक बोलाइएको हो ।