पत्रकार टेकराज थामी केरुङबाट ‘सम्पर्कविहीन’ भएका छन् । उनी हिजो बिहानबाट सम्पर्कमा नरहेको परिवारलाई उदृत गर्दै नेपाल पत्रकार महासंघले जनाएको छ ।
महासंघका पूर्वकेन्द्रीय सदस्य समेत रहेका थामी गत सोमबार अफिसबाट चार दिनका लागि बिदा लिएर केरुङ हुँदै तिब्बततर्फ गएका थिए । हिजो केरुङबाट फर्किने क्रममा सम्पर्कबिहीन बनेका हुन् ।
यस्तै रातोपाटीमा कार्यरत् नुवाकोट विदुर-७ बाट पत्रकार निराजन पौडेलका परिवारका ५ जना सदस्य सम्पर्कविहीन भएको महासचिव रामप्रसाद दाहालले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।
पौडेलका बुबा, आमा, काका, काकी र बहिनी सम्पर्कविहीन भएको पत्रकार पौडेलले जानकारी गराएका हुन् ।
उनीहरूको खोज-उद्धारका लागि महासंघले सम्बन्धित निकायसँग आग्रह गरेको छ ।













