इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स हर्मुज स्ट्रेटसँग जोडिएका अन्य समुद्री क्षेत्रलाई पनि ‘प्रतिबन्धित क्षेत्र’ घोषणा गरिएको बताएको छ। बीबीसी फारसीका अनुसार इरानले ओमानको खाडी र अरब सागरका केही भागसमेत समेटेर ‘प्रतिबन्धित समुद्री क्षेत्र’ विस्तार गरेको छ।
रिभोलुसनरी गार्ड्स कोर्प्सका प्रवक्ता हुसेन मोहेबी भन्छन्, ‘अब यो प्रतिबन्धित क्षेत्रमा जहाजहरूलाई अनुमतिबिना प्रवेश गर्न दिइने छैन।’ उनले घोषित प्रतिबन्धित मार्गको भौगोलिक सीमा पछि जारी गरिने जानकारी पनि दिएका छन्।
प्रवक्ताले भनेका छन्, ‘प्रतिबन्धित क्षेत्र चाबहारबाट सुरु हुन्छ।’ उनका अनुसार यस क्षेत्रमा प्रवेश गर्ने कुनै पनि जहाजलाई हर्मुज स्ट्रेट प्रयोग गर्न अनुमति दिइने छैन।












