माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश दिने

Image

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ २६ गते बसेको सञ्चालक समितिको ५६४औँ बैठकले आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीलाई वितरण गरिनेछ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल तथा सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकले देशका सातै प्रदेशमा आफ्नो सेवा विस्तार गरेको छ। बैंकका हाल १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा तथा १९३ एटीएम सञ्चालनमा रहेका छन्।

बैंकले यी सेवा तथा सञ्जालमार्फत १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।