उच्च अदालत पाटनले प्रमाणीकरण भएका फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गराउने कार्य सुरु गरेको छ ।
न्यायपालिकाबाट सम्पादित कार्यहरूलाई सूचना प्रविधिमा आधारित बनाउन यस्तो अभ्यासको शुरुआत गरिएको हो ।
उच्च अदालतका रजिस्ट्रार अशोक कुमार क्षेत्रीले ‘इजुडिसियरी र इकोर्ट’मा आधारित न्यायपालिका बनाउने ध्येयले उक्त अभ्यास सुरु गरिएको जानकारी दिए । अदालतबाट प्रमाणिकरण भएका फैसलाहरू आज (असोज १६) देखि नै ‘केस म्यानेजमेन्ट सिष्टम’ मा अपलोड सुरु गरिएको छ ।














