आज (शनिबार) बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व जिल्लाको विनयी त्रिवेणी गाउँपालिका-२, चौसठ्ठी मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
प्रहरीका अनुसार नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश-३-०१-००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा आज बिहान ४ बजेतिर नवलपरासीपूर्वको उल्लिखित स्थानको नालामा पल्टिएको हो।
दुर्घटनामा जाजरकोट जिल्लाको भेरीगंगा नगरपालिका-३ बस्ने वर्ष ५० का निर्जुङ खत्री, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं ३ बस्ने वर्ष ३२ का दीपेन्द्र केसी, बाजुरा जिल्लाको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँकेको कोहलपुर नगरपालिका-१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, बाँकेकै नेपालगन्ज उपमहारनगरपालिका-७ का २२ वर्षीय कृष कनौजिया र हाल नामथर वतन नखुलेका अन्दाजी ४२ वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।
१० घाइतेको विवरण
१. जिल्ला गोरखा गोरखा न.पा. ९ बस्ने वर्ष ३० का हरिशरण थापा, बोल्न सक्ने, अवस्था मध्यम।
२. जिल्ला अछाम मंगलसेन न.पा. ६ बस्ने वर्ष २८ का तेजेन्द्रप्रसाद भण्डारी, भित्री चोट, बोल्न सक्ने, अवस्था मध्यम।
३. जिल्ला बर्दिया ठाकुरबाबा न.पा. १ बस्ने वर्ष २० की आकृती थारु, अनुहार, खुट्टा, कम्मरमा भित्री चोट, बोल्न सक्ने, अवस्था मध्यम।
४. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा. ५ बस्ने वर्ष ३२ का पवन बुढा, अनुहार, बायाँ हातमा चोट, बोल्न सक्ने, अवस्था मध्यम।
५. जिल्ला बर्दिया राजापुर न.पा. ९ बस्ने वर्ष २८ का सञ्जय थारु, अनुहार र दुवै हातमा चोट, अवस्था सामान्य।
६. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा.१ बस्ने वर्ष २५ का प्रेम बम, कम्मरमा चोट, अवस्था सामान्य।
७. जिल्ला ललितपुर कुञ्जय सोमपाक गा.पा. वडा नं ५ बस्ने वर्ष २९ का अनोज खत्री, टाउकोमा चोट, बोल्न सक्ने, अवस्था मध्यम।
८.जिल्ला बर्दिया बाँसगढी न.पा. ७ वर्ष ३६ का लाल ब. कार्की, कम्मर, टाउकोमा चोट, बोल्न सक्ने, अवस्था मध्यम।
९. जिल्ला बाँके नेपालगन्ज उ.म.न.पा. १६ बस्ने वर्ष ४८ का अस्लाम भगवान, टाउकोमा चोट, अवस्था गम्भीर, उपचारका क्रममा नयाँ मेडिकल कलेज चितवन रिफर भएको।
१०. जिल्ला सल्यान वनगढ कुपिण्डे न.पा. १ बस्ने वर्ष २१ का अनिल बुढाथोकी, बायाँ हातमा सामान्य चोट।
बसमा सवार यात्रुमध्ये २ जना सकुशल रहेको प्रहरीले जनाएको छ।













