सञ्चित कोषमा ४० खर्ब रकम जम्मा, १७.८ महिनाको वस्तु तथा आयात धान्न सक्ने

Image

चालु आर्थिक वर्षको दुई महिनामै सरकारको विदेशी सञ्चितता ४.३ प्रतिशतले बढेको छ । सरकारसँग हाल ४० खर्ब ६५ अर्बबराबरको रकम कोषमा जम्मा भएको हो । यसले नेपालको कुल १७ महिना आठ दिनको लागि वस्तु तथा सेवा विदेशबाट आयात गर्न भ्याउँछ । 

नेपाल राष्ट्र बैंकका अनुसार, उक्त सञ्चितिले २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने छ ।

२०८३ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ६१.६ प्रतिशत, १४८.५ प्रतिशत र ४४.९ प्रतिशत रहेका छन् ।