नेप्से ४.५६ अंकले बढ्यो, चार अर्ब ७१ करोडको कारोबार

Image

सेयर बजार परिसूचक नेप्से बिहीबार ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा आइपुगेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेर चार अर्ब ७१ करोडको पुगेको हो । 

बजारमा भएको उतारचढावबीच १७१ कम्पनीको मूल्य बढेको छ । ९१ कम्पनीको सेयर मूल्य घटेको घट्दा १५ वटाको स्थिर रह्यो । 

यस दिन बेनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक बढेको छ । यो कम्पनीको सेयर मूल्य १४.९८ प्रतिशतले बढेको हाे । 

यस्तै, म्युचुअल फन्डको सामान्यले मूल्य घट्दा अन्य कम्पनीको दुई प्रतिशत भन्दा थोरैले घटेको हो ।