रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म कोषका विभिन्न बैंक खातामा कुल १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ बराबरको रकम मौज्दात रहेको छ ।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौ वटा वाणिज्य बैंकमा १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ रुपैयाँ मौज्दात रहेको छ ।
त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा गरी ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर जम्मा भएको छ ।
बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग प्राप्त भइरहेको छ । कोषमा जम्मा भएको रकमको विवरणले विपद् व्यवस्थापनका लागि सहयोग जुट्ने क्रम जारी रहेको देखाएको छ ।















