दशैँ विदापछि खुलेको सेयरबजारको पहिलो कारोबारमा गिरावट आएको छ।
सोमबार नेप्से ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा झरेको हो।
यस दिन लगानीकर्ताहरुले ४ अर्बको कारोबार गरेका छन्। कुल १ करोड कित्ता किनबेचपछि यो परिमाणमा कारोबार भएको हो।
सोमबार ९९ वटा सेयर बढ्दा १७१ वटा घटेका छन् भने ६ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। यस दिन बेनी हाइड्रोपावर प्रोजेक्ट १४.९९ प्रतिशतले बढे पनि बाँकी सेयरहरुमा ५.८१ प्रतिशतसम्म मात्र बढावट देखिएको छ।
त्यसैगरी चिर्ख्वा खोला हाइड्रो ७.९२ प्रतिशतले, महिला लघुवित्त ७.५७ प्रतिशतले घटेका छन्। कारोबारमा घलेम्दी हाइड्रो अगाडि छ। कम्पनीको २३ करोडको कारोबार हुँदा शिवम् सिमेन्टको पनि २० करोडको कारोबार भएको छ।
समूहहरुमध्ये आज जलविद्युत्, उत्पादन, सामूहिक लगानी कोष र व्यापार बढे पनि बाँकी सबै घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।















