काठमाडौंको गेस्ट हाउसबाट १२० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

Image

काठमाडौंको एक गेस्ट हाउसबाट १२० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका–५ का ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन्।

सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार काठमाडौं महानगरपालिका–३२ स्थित विश्राम गेस्ट हाउसबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

गएराति सशस्त्र प्रहरीको टोलीले उनीहरूको साथबाट १२० ग्राम ब्राउन सुगर बरामद गरेको डीएसपी थापाले जानकारी दिए।

प्रहरीका अनुसार गेस्ट हाउसबाट ब्राउन सुगर बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।