चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

Image

काठमाडौंमा चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का २१ वर्षीय तेन्जिङ लामा, सोही गाउँपालिका–३ का १९ वर्षीय लाक्पा शेर्पा र सोही ठाउँका समीर तामाङ रहेका छन् ।

उनीहरूलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता दानबहादुर थापाका अनुसार बा ८४ प ५४८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा शङ्का लागेपछि थप सोधपुछ गरेको थियो । सोधपुछका क्रममा उक्त मोटरसाइकल चोरीको भएको खुलेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । प्रहरीले उनीहरूमाथि थप अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद लिएको जनाएको छ ।