सुमना श्रेष्ठले काठमाडौं महानगरको मेयरमा उमेदवारी घोषणा गरेकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत् यस्तो घोषणा गरेकी हुन् । “मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु,” उनले सामाजिक सञ्जालमा भनेकी छन् ।
उनी पूर्वमन्त्री पनि हुन् । रास्वपाबाट सांसद भएकी श्रेष्ठ शिक्षा मन्त्री भएकी थिइन् ।














