रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले एसिया-प्रशान्त क्षेत्रको अर्थतन्त्रसँग ‘सकारात्मक साझेदारी’ चाहेको बताएका छन् । रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार चीनमा आयोजित एपेक शिखर सम्मेलनमा पुटिनले आफ्नो देश यस क्षेत्रको ‘अभिन्न अंग’ भएको बताए । उनले भने, ‘रुस विश्वका लागि खुला छ र आफ्नो अर्थतन्त्र बलियो बनाउँदै छ ।’
पुटिनले अन्न र मलको ठुलो आपूर्तिलाई उद्धृत गर्दै उनले यस क्षेत्रमा रुसले महत्त्वपूर्ण योगदान गरेको दाबी गरे। उनले यसो पनि भने, ‘रुस यस क्षेत्रका आफ्ना साझेदारहरूसँग कृत्रिम बुद्धिमत्ता र प्रविधिसँग सम्बन्धित विशेषज्ञता बाँड्न तयार छ।’आफ्नो सम्बोधनको अन्त्यमा पुटिनले एपेक शिखर सम्मेलनको अन्तिम संयुक्त वक्तव्यलाई समर्थन गरे।
पुटिन झन्डै ९ वर्षपछि एपेक परिवारको तस्बिरमा भाग लिइरहेका छन्।
















