सरकारले चीनबाट प्राप्त हुने २० लाख अमेरिकी डलर अनुदान र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट प्राप्त हुने १० करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले चीन सरकारले अनुदानस्वरूप उपलब्ध गराउने २० लाख अमेरिकी डलर स्वीकार गर्ने निर्णय गरेको हो ।
बैठकले अन्तर्राष्ट्रिय मुद्रा कोषले उपलब्ध गराउने १० करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णयसमेत गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।
यसैगरी, सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय पनि बैठकले गरेको छ ।
मन्त्रिपरिषद्ले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०), ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड, २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री तिमिल्सिनाले बताए।
















