सुनचाँदीको मूल्य स्थिर

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार पनि छापावाल सुन प्रतितोला एक लाख सात हजार ३०० रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला एक लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि तेजावी सुन यही मूल्यमा करोबार भएको थियो ।

चाँदीको मूल्य भने चार दिनदेखि नै स्थिर छ । चाँदी तोलाको एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।