सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

छापावाल सुन तोलामा एक लाख सात हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन तोलामा एक लाख सात हजार १०० रुपैयाँमा कारोबार भइरहको छ ।

यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।