नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ७ सय र चाँदी १० रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै आज छापावाल सुन १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजावी सुन आज १ लाख ९ हजार रुपैयाँ कायम भएको छ।
त्यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ । बढेको मूल्यसँगै आज चाँदीको कारोबार तोलाको १ हजार ३ सय ५० रुपैयाँमा भइरहेको छ।














