सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन २ सय रुपैयाँले बढेर १ लाख २० हजार ७ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार १ सय रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १४ सय ७५ रुपैयाँ कायम भएको छ ।