मधेश प्रदेशमा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीले च्यापिएर तीन जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार हावाहुरीले धनुषाको सबैला नगरपालिका—१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको छ ।
त्यसैगरि रौतहटको बौधीमाई नगरपालिका—१ स्थित इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घरमै च्यापिएर फुलमतीयाका दुई वटा बाख्रासमेत मरेको प्रहरीले जनाएको छ।














