स्थानीय तहको निर्वाचनलाई १२ अर्ब लाग्ने आयोगको अनुमान

सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गरेको हो ।

यस्तै निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेको छ । आयोगले एकै चरण निर्वाचन नभए खर्च थप हुने अनुमानसमेत गरेको छ ।

२०७४ सालमा सम्पन्न भएको निर्वाचनमा आठ अर्ब खर्च लागेको थियो । सात प्रदेश निर्वाचन कार्यालय, ७० निर्वाचन कार्यालय र ७५३ निर्वाचन अधिकृतको कार्यालयबाट २०७४ मा ८ अर्ब बढी खर्च भएको भन्दै आयोगले यो पटकको चुनावको अनुमानित खर्च विवरण सार्वजनिक गरेको हो ।