पक्राउ परेको केहीबेरमै छुटे ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शुरू गरेको प्रदर्शनका क्रममा प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परेका छन् ।

प्रदर्शनका क्रममा मंगलवार निषेधित क्षेत्र तोड्न खोजेपछि उनी भद्रकालीबाट पक्राउ परेका हुन् । पक्राउ परेको केहीबेरमा उनलाई छोडिएको छ ।

४० बुँदे माग राख्दै भृकुटीमण्डपबाट शुरू भएको राप्रपाको जुलुस सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । त्यसपछि झडप भएको हो ।

जुलुसले निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो ।