तुलसीपुरका कांग्रेस मेयर उम्मेदवार गिरीको घरमा पेट्रोल बम प्रहार

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बिहीबार राति तुलसीपुर उपमहानगरपालिकाका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ ।

तुलसीपुर – ५ सल्यान रोडस्थित उम्मेदवार गिरीको घरको पर्खाल भित्र दुई वटा नक्कली पेट्रोल बम प्रहार भएको तुलसीपुर इलाका प्रहरी कार्यालय डीएसपी श्याम अर्याल बताए । दुई वटा पेट्रोल बम प्रहार भए पनि मानवीय र भौतिक क्षति नभएको डीएसपी अर्यालले बताए ।