माधव नेपालले मतदान गर्दै भने- चुनावमा पैसाको बिगबिगी भयो

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रबाट मतदान गरेका हुन्  । उनले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

साथै  मतदान गरेपछि उनले चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को रहेको बताएका छन् । जसलाई राेक्न  निर्वाचन आयोग असफल भएकाे उनकाे भनाई थियाे ।