मुगुमा ३ जना किरियापुत्रीले गरे मतदान

मुगुको खत्याड गाउँपालिका–८ सुकाढिक गाउँका ३ दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका छन् ।उनीहरुले खत्याड गाउँपालिका–८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत बिद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छ्न ।

आमाको मृत्यु भएको सातौँ दिनमा उनीहरु १ घन्टा उकालो बाटो हिँडेर मतदान गर्न आएका हुन । किरिया बसेका दाजुभाइमा खत्याड गाउँपालिका – ८ सुकाढीकका ५६ वार्षीय कवीराज कार्की, माइला भाइ वीरबहादुर कार्की र जयसुर कार्कीले मतदान गरेका छ्न ।

कान्छा भाइ जयसुर त खाली खुट्टा नै मतदानस्थलमा पुगेका थिए । ५ वर्षमा एकपट्क आउने स्थानीय तहको चुनावमा राम्रा मान्छेलाई चुन्नु पर्ने भएकोले मतदान गर्न आएको कवीराजले बताए ।