ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा आश्रचन राई विजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित रुम्दाली स्वतन्त्र उम्मेदवार हुन् । उनले नेपाली कांग्रेसको समर्थनमा धारा चिन्ह लिएर चुनावमा उठ्ेका थिए ।

रुम्दालीले ५ हजार २१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रुपलाल तामाङले ३ हजार ८ सय १५ मत पाए ।

यस्तै,उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार आश्रचन राई एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका छन् ।

मानेभञ्ज्याङमा एमाले र जसपाले तालमेल गरेका थिए भने अध्यक्षमा कांग्रसले स्वतन्त्रलाई सघाएको थियो । मानेभञ्ज्याङका ९ मध्ये ७ वडामा कांग्रेस र २ वटा वडामा एमालेले जितेको छ ।