काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहलेले अबको पाँच बर्ष महानगरका बनाउनमा लागि पर्ने बताएका छन् । धन्यावाद र्यालीपछि टुँडिखेलमा भएको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । छोटो सम्वोधन गर्दै सभामा बालेनले आफूलाई बर्साइएको मायाप्रति आभार प्रकट गरे । उनले यो मायालाई ऊर्जा बनाएर राजधानीको विकास गर्ने बताए ।
विजय जुलुसपछि टुँडिखेलमा आयोजित सभामा उनले र्याप पनि गाएका थिए ।
उनले गाएको र्याप यस्तो छ:
गरेर अब देखाउ, कालो अतितलाई मेटाउ
देश एउटा सुन्दर बगैंचा होस् । रंगिचंगी फूल हुन् ।
अनुकूल प्रतिकूलहरु चुक्ता गर्ने भावना होस्
सामूहिक खुसीविनाको फाइदा त्यो चाहनाको
पछि त के त्यो कामनाको एउटा हाँसो फुट्नलाई
उद्देश्य यो एक हो हरेक दल जुट्नलाई
गरेर अब देखाउ, कालो अतितलाई मेटाउ
पालो हाम्रो हो भेटाउ
कल्पना गर शान्तिको
सपना देख्ने त्यो पूरा हुन्छ
जागृति नै क्रान्ति हो














