सुर्खेतमा जल तथा मौसम विज्ञान कार्यालयको जीप दुर्घटना, एक जनाको ज्यान गयो

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप सुर्खेतको कपासेमा दुर्घटना भएको छ । बुधबार दिउँसो गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै बा १ झ ८७८४ नम्बरको उक्त बोलेरो जीपमा ५ जना सवार रहेका थिए ।

जसमध्ये चार जना घाइते र एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिए । मृत्यु हुनेमा रुकुम पश्चिमका २८ वर्षीय धर्मराज बुढाथोकी रहेको उनले बताए ।

गाडी सडकबाट २० मिटर तल खसेको छ । ब्रेक फेल भएर गाडी दुर्घटना भएको अनुमान प्रहरीको छ ।