नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गर्ने २० जनाभन्दा बढी मैदानबाटै समातिए

यूएईविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा ‘लाइभ बेटिङ’ गर्ने २० जनाभन्दा बढीलाई पक्राउ परेका छन् । । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्ने बहानामा बेटिङ गर्नेहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी ले पक्राउ गरेको हो ।

पक्राउ परेकासँग रहेको मोबाइल पनि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क्रिक इन्फो र टेलिभिजन प्रत्यक्ष प्रसारणमा कम्तिमा पनि ३ सेकेन्ड ढिला हुँदा उनीहरुले त्यसको फाइदा लिन मैदानमा नै बसेर बल टु बल एपको माध्यमबाट सट्टेबाजी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

पहिलो खेलबाट नै शंकास्पद देखिएका अनुहारहरुलाई निगरानीमा राखिएको र आज शुक्रबार पक्रउ गरिएको प्रहरीले जनाएको छ । नेपाल र यूएईबीच शुक्रबारदेखि एकदिवसीय खेलको शृंखला सुरु भएको हो । १–१ को बराबरीमा रहेको शृखंला शुक्रबारको खेल जित्नेले जित्नेछ ।

नेपालले डिसेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नामिबियाको भ्रमण गर्दैछ । युएईविरुद्धको शृंखलालाई नेपालले सोही लिगको अभ्यास खेलको रुपमा लिएको छ ।