घुर्ने समस्याबाट छुटकारा पाउन चाहनु हुन्छ ? यी उपाय

मानिसहरु निधाउँदा घुर्ने समस्याले आजित हुने गर्छन । झन छेउमै सुतेको व्यक्ति घुर्ने परयो भने झनै समस्या पर्छ । यदि यस्तो घुर्ने समस्याले आजित बनाएको छ भने तलको उपाय अपनाउनुहोस ।

१.यदि तपाइँको शरीर मोटो छ भने तौल घटाउन कोसिस गर्नुहोस् । ब्लड प्रेसर सामान्य अवस्थाबाट एक्कासि बढ्दा घुर्ने समस्या निम्तिन्छ त्यसैले ब्लडप्रेसर नियन्त्रणमा राख्नु पनि उत्तिक जरुरी छ ।

२.धूमपान तथा चुरोट सेवन पनि घुर्ने समस्याको प्रमुख कारण हो त्यसकारण चुरोट सेवन गर्न छोडिदिनुहोस् । घाँटीमा कफ पैदा हुँदा घुर्ने समस्या हुन्छ ।

३.राति सुत्नुअघि दूध, तेलयुक्त परिकार, चकलेटजस्ता खाना नखानु राम्रो मानिन्छ। प्रशस्त मात्रामा पानी पिउन भने जोड गर्नुहोस् ।

४.पंखा र एसीको सीधा नसुत्नु किनकी पंखा र एसीको सिधा सुत्दा श्वासनलीमा असर गर्छ र घुर्ने समस्या उत्पन्न हुन्छ ।

५.हरेक दिन सुत्नुअघि मनतातो पानी पिउँदा श्वासनली राम्रोसँग खुल्छ र समस्यामा राहत मिल्छ । चिसो चिज खानु हुँदैन । राति सुत्नुअघि तातो पानीमा आयुर्वेदिक तेल राखेर बाफ लिँदा घुर्ने समस्यामा राहत मिल्छ ।

६.सुत्नुअघि एक चम्चा मह पिउँदा फाइदाजनक हुन्छ । सुत्नुअघि नाक सफा गरे नाकमा जम्मा भएका धुलोमैलो हटेर घुर्ने समस्यामा राहत मिल्छ । तातो पानीले घाँटी कुल्ला गर्दा पनि राहत मिल्छ ।

७.सुत्ने आसनले पनि घुर्ने समस्यामा प्रभाव पार्छ । अग्लो सिरानीमा नसुत्ने र बायाँ कोल्टेर सुत्नुभयो भने घुर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार