लेखक खगेन्द्र संग्रौलालाई एमाले नेता महेश बस्नेतको धम्की

वरिष्ठ लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले एमालेका युवा नेता महेश बस्नेतले आफूलाई तह लगाउने धम्की दिएको बताएका छन्। ट्वीटरमार्फत संग्रौलाले यस्तो बताएका हुन् । बस्नेतले आफूलाई ‘साइबर सेना लगाएर तह लगाउने’ धम्की दिएको लेखक संग्रौलाको भनाइ छ । संग्रौलाले बस्नेतको धम्कीलाई एमाले अध्यक्ष केपी ओलीको आदेश बमोजिम आएको आशंकासमेत गरेका छन्।

लेखक संग्रौलाले ट्वीटरमा लेखेका छन्, ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ । अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए । तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो ? यो अति उदार र सहिष्णु ओली सरको आदेश बमोजिमको धम्की त होला । धन्य ओली सर !’

आफूलाई विगतमा संकटकालको बेला मण्डले र निरंकुशताका पक्षधर शाही सेनाले परोक्ष धम्कि दिने गरेको स्मरण गर्दै अहिले गणतन्त्रमा पनि त्यस्तो धम्की नरोकिएको बताएका छन्। संग्रौला सत्ताको कडा आलोचना गर्दै नियमित लेखिरहने लेखक तथा अभियन्ताको रुपमा चिनिन्छन् ।

https://twitter.com/belakoboli/status/1419272017065381891?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1419272017065381891%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fpublish.twitter.com%2F%3Fquery%3Dhttps3A2F2Ftwitter.com2Fbelakoboli2Fstatus2F1419272017065381891widget%3DTweet