एमाले स्थायी कमिटी बैठक सकियो, विधान संशोधन प्रस्ताव पारित

नेकपा एमाले स्थायी कमिटी बैठक सकिएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा भएको बैठकमा राजनीतिक, सांगठानिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल भएको छ । त्यसमा केही संशोधन गरी दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने तयारी रहेको एक नेताले बताएका छन् ।

एमालेको यसअघि कै स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ । स्थायी समितिमा अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि पेश भएर त्यसलाई एक रुपमा दिइएको बताइएको छ । सोही प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरेर छलफल खुला गरिने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङको भनाइ छ ।

आजै तुलसीलाल स्मृति प्रतिष्ठानमा एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ ।